संसद विघटन गर्ने ओलीको सिफारिसपछि प्रचण्ड बालुवाटारमा, स्थायी कमिटी बैठक अनिश्चित

 ५ पुष २०७७, आईतवार ११:२०   | न्यूज अफ टोखा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुग्नुभएको छ ।

केहीबेरअघि बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गर्नुभएको हो । यसैबीच, आज बस्ने भनिएको नेकपा केन्द्रीय कमिटी बैठक पनि अन्योलमा परेको छ । घटनाक्रमले अर्कै मोड लिएकाले आजका लागि तय भएको केन्द्रीय कमिटी बैठक अन्योलमा परेको प्रचण्डको सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्न सहमत भए पनि अहिलेसम्म अध्यादेश फिर्ता हुन सकिरहेको छैन । अध्यादेश फिर्ताका लागि अहिलेसम्म औपचारिक जानकारी प्राप्त नभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Facebook Comments

अन्तिम अपडेट: ५ पुष २०७७, आईतवार ११:२०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया