बिस्का: जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश
२५ चैत्र २०७७, बुधबार १८:४९
काठमाडौं – प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षको भेलाले प्रचण्ड पक्षका सबै भेला र निर्णय अवैधानिक भएको दाबी गरेको छ ।
बिहान बसेको ओली पक्षीय केन्द्रीय समितिको बैठकपछि नेता प्रदीपकुमार ज्ञवालीले पार्टीको विधानअनुसार बैठकको लागि अध्यक्ष र महासचिव हुनुपर्ने र बैठकको माइन्यूट पनि गरिनुपर्ने भएकाले अर्को पक्षका भेला र निर्णय व्यक्तिगत प्रयोजनको लागि मात्रै भएको दाबी गर्नुभयो ।
‘अध्यक्ष, महासचिव र माइन्यूट हामीसँगै छ, बैठकको लागि सूचना दिनुपर्छ, हामीले सूचना दिएर बैठक डाकेका छौँ, निर्णय भएको छ, त्यसैले नेकपाको आधिकारिक बैठक यही नै हो, अरु निर्णय त हामीले चिन्दैनौँ।’
केन्द्रीय समितिको बैठकले कसैलाई पनि कारबाही नगरेको र नेकपा एक ढिक्का भएको ज्ञवालीको दाबी छ । केही व्यक्तिका कारण पार्टी नफुट्ने भन्दै ज्ञवालीले संसद विघटन भएको तर पार्टी नभएको हेक्का राख्न पनि सुझाव दिएका छन् ।
२५ चैत्र २०७७, बुधबार १८:४९
२१ चैत्र २०७७, शनिबार ०८:३८
१९ चैत्र २०७७, बिहीबार २१:०१
१९ चैत्र २०७७, बिहीबार १७:४१
१७ चैत्र २०७७, मंगलवार ०९:५९
१६ चैत्र २०७७, सोमबार २०:२९
१६ चैत्र २०७७, सोमबार १५:३२
१६ चैत्र २०७७, सोमबार १०:३५
१३ चैत्र २०७७, शुक्रबार १२:००
१३ चैत्र २०७७, शुक्रबार ०९:३९