शालीनदी मेला उच्च सतर्कताकासाथ सञ्चालन हुने
८ माघ २०७७, बिहीबार २२:२४
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गर्नुभएलगत्तै नेपालको राजनीतिक वृत्तमा तरंग पैदा भएको छ ।
संसद विघटनसँगै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले तिव्र विरोध भैरहेको छ । यो कदमलाई सत्तारुढ दल नेकपा र अरु दलका नेताहरुले असंवैधानिक भनिरहेका छन् । संसद विघटनको विरोधमा रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत दलहरुले यसबारे संस्थागत धारणा तय गर्न बैठक आह्वान गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठकमा संसद विघटनको घोषणापछि कांग्रेसको उपस्थितिबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । कांग्रेसले यसअघि नै प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमबारे कडा प्रतिवाद गर्ने यसअघि नै बताइसकेका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे हिजो सर्वदलीय बैठक बोलाएर छलफल गरेको थियो । सर्वदलीय बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभापति शेरबहादुर देउवालाई मिलेर अगाडि बढ्न प्रस्ताव राख्नु भएको थियो । देउवाले आजको बैठकपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने बताउनु भएको छ ।
यस्तै आज जनता समाजवादी पार्टीले पनि आज छलफल गर्दै छ । आजको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको र बैठकले विरोधका थप कार्यक्रम तय गर्ने जसपाले जनाएको छ । संसद विघटनको कदमविरूद्ध प्रदर्शन गर्ने निर्णय गरेको जसपाले तप कार्यक्रम तय गर्न बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बानेश्वरमा बस्ने बैठकमा पार्टीका अध्यक्ष कमल थापा, डाक्टर प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा हिजोको बैठकमा प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि आज छलफल हुने राप्रपाले जनाएको छ ।
संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम अलोकतान्त्रिक भएको निष्कर्षसहित राप्रपाले सर्वत्र आलोचनासहितको सरकारको निरन्तरताभन्दा ताजा जनादेशमा जाने कदम चाँही स्वागतयोग्य रहेको जनाएको स्पष्ट पारिसकेको छ । यसैबारे आजको बैठकले थप निर्णय गर्ने राप्रपाका नेता मोहन श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
८ माघ २०७७, बिहीबार २२:२४
८ माघ २०७७, बिहीबार २०:४१
७ माघ २०७७, बुधबार २३:०६
७ माघ २०७७, बुधबार १५:१६
७ माघ २०७७, बुधबार १४:३८
५ माघ २०७७, सोमबार १६:३७
५ माघ २०७७, सोमबार १६:२६
५ माघ २०७७, सोमबार १६:२२
५ माघ २०७७, सोमबार १६:१९
५ माघ २०७७, सोमबार १६:१४