प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे बस्दै

 ७ पुष २०७७, मंगलवार १२:४२   | न्यूज अफ टोखा

काठमाडौं- नेकपाका अध्यक्ष केपी ओली पक्षको केन्द्रीय कमिटीको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा चलिरहेका वेला अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल एवं नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक पनि आजै बस्दै छ । 

आज मंगलबार दिउँसो काठमाडौंको बबरमहलस्थित कार्की बेंक्वेटमा बस्ने दाहालकी सचिवालयकी सहयोगी गंगा दाहालले जनाएकी छिन् । 

दिउँसो १ बजे हुने बैठकमा प्रचण्ड–नेपाल लक्षले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने स्रोतले जनाएको छ । 

पार्टीको  हितविपरीत र अनुशासनहीन कार्य गरेको भन्दै ओलीमाथि कारबाही यस बैठकले गर्ने जनाइएको छ । 

यसअघि प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठकले अध्यक्ष ओलीमाथि कारबाही गर्ने र उक्त प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरिसकेको छ ।

Facebook Comments

अन्तिम अपडेट: ७ पुष २०७७, मंगलवार १२:४२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया