मर्दापर्दा चाहिने काठ दाउराको लागि रकम संकलन र्‍याली

 ७ पुष २०७७, मंगलवार १९:११   | न्यूज अफ टोखा

काठमाडौं ।इन्द्रायणी भुटखेल सामुदायिक बन उपभोक्ता समिति टोखाको आयोजनामा मर्दापर्दा काठ दाउरा गूठीको लागि रकम संकलनका लागि आज एक र्‍यालीको आयोजना गरेको छ।

बन उपभोक्ता समितिले टोखा नगरपालिका वडा २/३ संगको समन्वय र नेवा: गूठी टोखासँगको सहकार्यमा इन्द्रायणी भुटखेल सामुदायिक बन उपभोक्ता समितिले मर्दापर्दा काठ दाउरा गूठीको लागि रकम संकलनका लागि आज विहान एक र्‍यालीको आयोजना गरेको हो।

इन्द्रायणी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष सुर्यमान डंगोलले मर्दापर्दा काठदाउरा सिगूठीले टोखा नगरपालिकाको वडा २/३संग समन्वय गरेर चौथो पटक रकम उठाउन लागेको जानकारी दिएका छन् ।

पहिलो पटक २०६५ सालमा टोखाका प्रत्येक घरधुरी (भिन्न बसेका )बाट रु चार सय उठाएर टोखाको सपनतिर्थ बहुउद्देश्यीय सहकारीमा जम्मा गरि किनिएको काठ दाउरा सकिएको बताउदै त्यस्को पाँच वर्ष पछि पुनः प्रत्येक घरधुरी( भिन्न बसेका) बाट रु ५ सय दरले उठेको रकमबाट मर्दापर्दा चाहिने काठदाउरा किन्न लागेको उपभोक्ता समितिका अध्यक्ष सुर्यमान डंगोलले बताएका छन् ।

इन्द्रायणी भुटखेल सामुदायिक बन उपभोक्ता समितिले मर्दापर्दा काठ दाउरा गूठीको लागि रकम संकलनका लागि सम्पुर्ण टोखा २ र ३ वडावासीहरुमा टोखा नगरपालिका वडा २ मा रहेको ‘सपनतिर्थ बहुउद्देश्यीय सहकारी संस्था’को खाता नं.४०००७२ र टोखा नगरपालिका वडा ३ मा रहेको ‘ मिर्मिरे बचत तथा ऋण सहकारी संस्था’को खाता नं.५००५ र ‘ टोखा अभियान बचत तथा ऋण सहकारी संस्था’ को खाता नं.५०१२३ मा प्रत्येक घरधुरीले रु पाँच सयका दरले यहि पुस मसान्त भित्र रकम जम्मा गरिदिनुहुन समेत अनुरोध गरेका छन् ।

उक्त रकम संकलन र्‍याली कार्यक्रममा टोखा वडा २ का अध्यक्ष दिपकराज जोशी , टोखा वडा ३ का वडासदस्य हरिमान श्रेष्ठ , पुर्व टोखा सरस्वती गाविस अध्यक्ष इन्द्रायणी सामुदायिक बन उपभोक्ता समितिका पुर्व अध्यक्ष बाबुलाल डंगोल , टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ , नेवा: गूठी टोखाका अध्यक्ष रमेश नापित लगायत विभिन्न सहकारी, संघसंस्था तथा स्थानीयहरुको समेत सहभागिता रहेको थियो।

Facebook Comments

अन्तिम अपडेट: ७ पुष २०७७, मंगलवार १९:११

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया