नेकपा माधब प्रचण्ड समूहको काठमाडौंं ५ को क्षेत्रीय कार्यकर्ता भेला

 ११ पुष २०७७, शनिबार २०:५९   | न्यूज अफ टोखा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधब प्रचण्ड पक्षको काठमाडौंं ५ को क्षेत्रीय कार्यकर्ता भेला गरेको छ ।

टोखाको सद्भाव पार्टी प्यालेसमा भेला आयोजना गरेको छ। भेलालाई नेकपा केन्द्रीय सदस्य डा. विजय पौडेलले सम्बोधन गरेका थिए ।

नेकपा लाई जनताले दिएको जनमत अनुसार केपी ओलीले काम नगरेको र पार्टीको मिटिङमा नि उपस्थिति नहुने पार्टीले सरकारलाई असहयोग गरेको केपि ओली ले बाहना बनाएको बताए ।

भेलामा नेकपा केन्द्रीय सदस्य जिवनराम श्रेष्ठले केपी ओलीले ससंद विघटन गरेर प्रतिगमन निमत्याएको र जनताको जनमत लाई बेमानि गरेको र पार्टीलाई कहिले पनि विधि र पदतिमा नलाने ले पार्टीले केपी ओलीलाई कार्वाही गरेको बताए ।

नेकपा काठमाडौ जिल्ला कार्यलय सदस्य महेश्वर फुयाल नेकपा बागमती प्रदेस सदस्य कल्पना शर्मा , काठमाडौ जिल्ला सचिवालय सदस्य नमराज ढकाल ,बागमती प्रदेस सदस्य शान्ति अधिकारी टोखा नगरपालिका वडा न ९ का अध्यक्ष जोग प्रसाद नेपाल , नेकपा टोखा नगर कमिटी अध्यक्ष दिपक बानिया नेकपा विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिति रहेका थियो ।

काठमाडौमा नेपाल प्रचण्ड समुहले पौष १४ गते ससंद विघटन र प्रतिगमनको विरुद्ध आन्दोलन कार्यक्रम रहेको पनि तारकेश्वर अनलाइनलाई जानकारी दिए।

Facebook Comments

अन्तिम अपडेट: ११ पुष २०७७, शनिबार २०:५९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया