तलेजु क्वाखल टोल विकास संस्थानको अध्यक्षमा गणेशलाल श्रेष्ठ

 १६ पुष २०७७, बिहीबार २१:४०   | न्यूज अफ टोखा

न्यूज अफ टोखा, काठमाडौँ । तलेजु क्वाखल टोल विकास संस्थानको प्रथम अधिवेशनबाट गणेशलाल श्रेष्ठको अध्यक्षमा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ ।

तलेजु क्वाखल टोल विकास संस्थानको बुधबारभएको प्रथम अधिवेशनबाट गणेशलाल श्रेष्ठको अध्यक्षमा १५ सदसिय नयाँ कार्यसमितिको सर्वसहमतमा चयन गरिएको कार्यक्रममा सभापति तथा संस्थानका अध्यक्ष रमेश नापितले जानकारी दिनुभयो ।

अधिवेशनबाट चयन भएका नयाँ कार्यसमितिको उपाध्यक्षमा नारायण श्रेष्ठ , सचिवमा धर्मेन्द्र नापित, सहसचिवमा सुदर्शन श्रेष्ठ , कोषाध्यक्ष नारायणी श्रेष्ठ , सहकोषाध्यक्षमा वीरलाल श्रेष्ठ  रहेका छन् । त्यस्तै सदस्यहरुमा सुनिल डंगोल , सुमन डंगोल, शोभा श्रेष्ठ , पुष्प श्रेष्ठ , सानुकाजी श्रेष्ठ , सुरोज डंगोल , सुबिन्द्र श्रेष्ठ र राजु डंगोल रहेका छन् । सल्लाहकारमा तीर्थ डंगोल , शिवराज श्रेष्ठ र दिपक डंगोल रहेका छन् ।

टोखा नगरपालिका वडा नं २ का वडाध्यक्ष दिपक राज जोशीको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा तलेजु मन्दिरका मूःनायो हेम राज श्रेष्ठ, टोखा संस्कृति सम्पदा संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेश मान श्रेष्ठ, वडा सदस्य हेरा काजी डंगोल, भगवती क्लवका अध्यक्ष मदन लाल श्रेष्ठ, गणेश-कुमारीका अभिभावक प्रकाश डंगोल, स्थानीय टोलबासी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments

अन्तिम अपडेट: १६ पुष २०७७, बिहीबार २१:४०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया