तोखा सम्पदा दिवस र य:मरी पुन्हिको अवसरमा टाेखामा ‘त्य:छिंः त्य: ज्याझ्व:’

 १६ पुष २०७७, बिहीबार २२:१८   | न्यूज अफ टोखा

काठमाडौँ । टाेखा संस्कृति सम्पदा संरक्षण दबुको आयोजनामा तोखा सम्पदा दिवस र थिल्ला पुन्ही ( य:मरी पुन्हि ) को अवसरमा त्य:छिं त्य: ज्याझ्व: सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

यःमरी पुन्हिका दिन सध्यातिर सामुहिक रुपमा घर र टोलटोलमा गएर नाचगान गर्दै यःमरी माग्ने चलन टोखामा लोपभैसकेको परिपेेक्षमा त्यसको जगेर्ना र पुनःउथान गर्ने उद्देश्यले टाेखा संस्कृति सम्पदा संरक्षण दबुले गत वर्षदेखि यस कार्यक्रमको आयोजना गर्दै आइरहेको दबुका उपाध्यक्ष धर्म राज श्रेष्ठले बताए ।

टाेखा संस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोलले सम्पदा दिवस र थिल्ला पुन्ही ( य:मरी पुन्हि) अवसरमा त्य:छीं त्य: ज्याझ्व:कार्यक्रम अब यहि परम्परा निरन्तर चल्दै जाने बताउदै यो त्य:छीं त्य: ज्याझ्व: आयोजना गर्दैगर्दा आफु बालक अवस्थामा योमरी माग्न गएको झलझली स्मरण गराएको बताए ।

कार्यक्रममा टाेखा नगरपालिका वडा ३ का अध्यक्ष सिंहराज श्रेष्ठले पहिले टाेखामा य:मरी पुन्हिमा बालबालिकाहरु घरघरै योमरी माग्न आउथे टाेखा संस्कृति सम्पदा संरक्षण दबुको यो कार्यक्रमले  त्य:छीं त्य: ज्याझ्व:य:मरी माग्ने लोपहुन लागेको यो परम्परा जोगिएकोमा खुशी लागेको बताउनुभयो।

टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले अहिले नेवार समुदायले आफ्नो मातृभाषा नेपाल भाषा नसिकेर खसभाषालाई अनुसरण गर्दै जादा नेवारको कला आफ्नै मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेकोले अब सम्बन्धित संघसंस्था मिलेर कुनै ठाेस कदम चाल्नुको विकल्प नभएको बताउनु भयो।

टाेखा संस्कृति सम्पदा संरक्षण दबुको त्य:छीं त्य: ज्याझ्व:लाई टाेखा नगरपालिकाको विशेष सहयोग रहेको थियो ।भने टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समिति,टाेखा संस्कृति सम्पदा संरक्षण दबु मिसा कब:, नेवा: गूठी टाेखा , टाेखा खड्गी युवा समाज,टाेखा प्वं: खल:,र टाेखा परम्परागत चाकु संरक्षण समाज लगायतको सहकार्य रहेको थियो ।

Facebook Comments

अन्तिम अपडेट: १६ पुष २०७७, बिहीबार २२:१८

तपाईको प्रतिक्रिया