टोखामा खुल्यो अत्याधुनिक पेट्रोल पम्प

 २६ पुष २०७७, आईतवार १६:२५   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा, काठमाडौँ । टोखा नगरपालिका–२ स्थित  भिल्लीमा अत्याधुनिक नमुना हरि पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ ।

हरि पेट्रोल पम्प प्रा.लि. द्वारा  सञ्चालनमा ल्याइएको सो  पेट्रोल पम्पको टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलले आइतबार शुभारम्भ गरिन । 


पाँच रोपनी जग्गामा निर्माण गरिएको पम्प रु तीन करोड भन्दा बढि खर्च गरी निर्माण गरिएको हो । पम्पमा कार्यालय भवन, सुप मार्ट, सर्भिसिङ्ग सेन्टर, क्याफे, एटिएम मेसिन लगायतको सुविधा रहने पम्पका सञ्चालक हरिकृष्ण श्रेष्ठले जानकारी दिए । यसका साथै निकत भविषयमा विधुतीय चार्ज स्टेशनको समेत व्यवस्था गरिने उनले बताए ।

श्रेष्ठका अनुसार  एकै पटकमा दुई पेट्रोल गाडी र दुई डिजेल गाडीले इन्धन भर्न सकिनेछन् ।


टोखा नगरपालिकाभरीनै स्थानीय स्तरमा ठुलो लगानीमा सञ्चालित यो नै पहिलो पेट्रोल पम्प हो ।स्थानीय स्तरमा नीजि स्तरबाट ठूलो लागनीमा सञ्चालन गरेको सेवामुखी व्यवसाय आफैमा जतिल र कठिन पेशाभएको भन्दै पम्पले सवारी चालकहरुको मन जीतन गुणस्तरमा ध्यानदिनु पर्नेमा उद्घाटन कार्यक्रममा वक्ताहरुले सूझाव दिएका थिए ।


टोखाका देय थकाली १०५ वर्षीय तुलसी नारायण श्रेष्ठको सभापतित्वमा आयोजिक उद्घाटन कार्यक्रमा टोखा नगरपालिका वडा नं १ का अध्यक्ष श्रीकृष्ण अधिकारी, २ वडाका अध्यक्ष दिपकराज जोशी, ३ वडाका अध्यक्ष सिंहराज श्रेष्ठ, तारकेश्वर नगरपालिका वडा नं १ का अध्यक्ष बिदुर सावकोता नेकपा टोखा नगरका अध्यक्ष दिपक बाँनीया लगायतको सहभागिता रहको थियो ।

Facebook Comments

अन्तिम अपडेट: २६ पुष २०७७, आईतवार १६:२५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया