‘एक विद्यालय, एक नर्स’ कार्यक्रमका लागि छानिए ५६९ नर्स (सूचीसहित)

 २७ पुष २०७७, सोमबार १९:२१   | न्यूज अफ टोखा

काठमाडौं—बागमती प्रदेशले सुरु गर्न लागेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमका लागि ५६९ जना नर्स छानिएका छन् । सोमबार प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रकाशन गरेको अन्तिम नतिजामा ५६९ जना नर्स छानिएका हुन् ।

मन्त्रालयले प्रदेशमा सञ्चालन गर्ने ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमका लागि नर्स कार्यक्रमका लागि ८ असोजमा आवेदन माग गरेको थियो । जसमा १ हजार २ सय ७१ जनाले आवेदन दिएका थिए ।

आवेदन दिएकामध्येबाट १ हजार ४५ जना लिखित परीक्षामा सहभागी भएका थिए । जसबाट ६०४ जना उत्तीर्ण भएका थिए । उत्तीर्णमध्येबाट अन्तर्वार्ता गर्दा ५६९ जना नर्स ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमका लागि छानिएका हुन् ।

Facebook Comments

अन्तिम अपडेट: २७ पुष २०७७, सोमबार १९:२१

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया