ओलीको कदमविरुद्ध नेकपा टोखा नगर कमिटीले निकाल्यो मसाल जुलुस

 २८ पुष २०७७, मंगलवार १९:३३   | न्यूज अफ टोखा

न्यूज अफ टोखा काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमको विरोधमा नेपाल कम्यूनिष्ट पार्टी टोखा नगर कमिटीले मंगलबार मसाल जुलुस निकालेको छ । सरकारको ‘असंवैधानिक र अलोकतान्त्रिक हर्कत’ विरुद्ध मसाल जुलुस निकालिएको नेकपा टोखा नगर कमिटी प्रचण्ड-माधव समुहले  जनाएको छ ।

नेकपाका जिल्ला सचिवालय सदस्य धर्म डंगोलको नेतृत्वमा गोंगबु चोकबाट निकालिएको उक्त मसाल जुलुस समाखुसी चोकमापुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई नेकपा नगर सदस्य प्रोमोदले सम्बोधन गरेका थिए ।

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमपछि प्रचण्ड-नेपाल समूह देशव्यापी विरोध प्रदर्शनमा उत्रिएको छ ।

प्रधानमन्त्री ओलीले पुस ५ गते राष्ट्रपति समक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए भने राष्ट्रपतिबाट सोही दिन प्रतिनिधिसभा विघटन गरिएको थियो ।

Facebook Comments

अन्तिम अपडेट: २८ पुष २०७७, मंगलवार १९:३३

तपाईको प्रतिक्रिया