सम्पदा अभियन्ताहरूलाई तत्काल निशर्त रिहाइको माग गर्दै टाेखामा प्रदर्शन
१८ फाल्गुन २०७७, मंगलवार ०१:०३
काठमाडौं । निर्वाचन गराउन आठ अर्ब बढी रकम आवश्यक पर्ने निर्वाचन आयोगले अनुमान गरेको छ।
आयोगले आइतबार चुनावबारे दलहरूसँग छलफल गरेको थियो।
आइतबार नै आयोगले निर्वाचनमा लाग्ने खर्चबारे अर्थ मन्त्रालयसँग पनि छलफल गरेको छ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनबारे छलफल सुरू गरिएको जानकारी दिए।
‘निर्वाचन गराउन आवश्यक पर्ने खर्चबारे सामान्य छलफल भएको हो,’ श्रेष्ठले सेतोपाटीसँग भने। आयोगले अर्थ मन्त्रालयका सचिवसँग छलफल गरेको थियो।
‘निर्वाचनका लागि कति खर्च लाग्छ भन्ने टुंगिसकेको छैन। तर आठ अर्बभन्दा बढी लाग्ने अनुमान छ,’ उनले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। सरकारले वैशाख १७ र २७ मा चुनावसमेत तय गरेको छ।
तर प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। यसबारे निरन्तर सुनुवाइ भइरहेको छ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१८ फाल्गुन २०७७, मंगलवार ०१:०३
१७ फाल्गुन २०७७, सोमबार २०:१०
१६ फाल्गुन २०७७, आईतवार २०:३५
१६ फाल्गुन २०७७, आईतवार १८:३५
१५ फाल्गुन २०७७, शनिबार २१:१०
१३ फाल्गुन २०७७, बिहीबार ११:५३
१३ फाल्गुन २०७७, बिहीबार ११:४३
१२ फाल्गुन २०७७, बुधबार १६:४०
१२ फाल्गुन २०७७, बुधबार १६:१५
१२ फाल्गुन २०७७, बुधबार १५:५९