टोखामा नेपाली काँग्रेसको विरोध कार्यक्रम

 ७ माघ २०७७, बुधबार १४:३८   | न्यूज अफ टोखा

काठमाडौं । प्रतिनिधिसभा भंग गरेको विरोधमा चरणवद्ध आन्दोल गर्दै आएको नेपाली कांग्रेसले देशैभरीका पालिका स्तरिय विरोध सभापछि वडास्तरीय आन्दोलन गर्ने भएको छ । सोही निर्यायअनुसार टोखा नगरपालिका २ ईकाई समितिको आयोजनामा भोलि विरोध प्रदर्शन र विरोध सभा हुन लागेको हो ।

टोखा-२ गणेस्थानमा भेला भई र्‍यालीसहित पुनः गणेस्थान मन्दिर परिसरमा पुगि बिहान ८:०० बजे विरोध सभा हुने भएको छ । सभालाई नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोईराले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्पति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। प्रतिनिधिसभा भंग गर्न कदमलाई असंवैधानिक भनेको कांग्रेसले त्यसविरुद्ध चरणवद्ध आन्दोलन गरिरहेको छ।

Facebook Comments

अन्तिम अपडेट: ७ माघ २०७७, बुधबार १४:३८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया