टोखामा शुक्रबारदेखि ‘नेपालभाषा लिपि’ कक्षा सञ्चालन हुँदै
१९ फाल्गुन २०७७, बुधबार १४:५३
काठमाडौं: टोखा नगरपालिकाको आठौँ नगरसभा सम्पन्न भएको छ । बुधबार सम्पन्न सभालाई टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गरेका थिए ।
सो अवसरमा नगर सभालाई सम्बोधन गर्नुहुदै नगर प्रमुख अधिकारीले नगरपालिकाको संशोधित बजेट, नीति तथा कार्यक्रम र चालु आर्थिक बर्षको साउन महिनादेखी हाल सम्म भएका कार्यहरुको सम्बन्धमा जानकारी गराएका थिए ।
सो अवसरमा नगरसभालाई संबोधन गर्नदै नगर प्रमुख प्रकाश अधिकारीले नगरबासीको माग र चाहना बमोजिम नगरपालिकाले कार्य गरिरहेको बताउदै नगरको विकास र समृद्धिका लागि आगामी दिनमा नगरपालिका अझ बढि सक्रिय भएर लाग्ने बताए ।
नगर प्रमुख अधिकारीले नगरपालिकालाई समृद्ध र नमूना बनाउन आफू लागिपरेको पनि बताउनुभएको थियो ।
विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण र व्यवथापनमा नगरपालिकाले अहोरात्र कार्य गरेका कारण नगर क्षेत्रमा कोभिडको असर कम गर्न सकिएको बताउदै नगर प्रमुख प्रकाश अधिकारीले स्वास्थ्य, शिक्षा, पूर्बाधार विकास, सामाजिक विकास, आर्थिक विकास, खानेपानी तथा सरसफाई, वातावरण, विपद् व्यवस्थापन, पर्यटन, कृषि, सेवा प्रवाह, सम्पदा तथा संस्कृति संरक्षण लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको बताए ।
नगर सभामा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले नगरपालिकाको संशोधित बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
नगरसभामा उपप्रमुख ज्ञानमाया डंगोलले सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रबद्र्धन, साँस्कृतिक सम्पदाहरुको संरक्षण, महिला, बालबालिका, जेष्ठ नागरिक, अपांग, एकल महिला लगायतका क्षेत्रलाई विशेष प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको बताए ।
नगरसभामा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यले टोखा नगरपालिकामा चालु आर्थिक बर्षमा सञ्चालित योजनाहरुको कार्यान्वयनलाई विशेष ध्यान दिएर कार्य गरिरहेको बताउदै हालसम्मको योजना कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको बताए ।
नगरबासीसंग प्रत्यक्ष सरोकार राख्ने योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको बताउदै प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यले नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाइएको बताएका थिए ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१९ फाल्गुन २०७७, बुधबार १४:५३
१८ फाल्गुन २०७७, मंगलवार २०:५४
१८ फाल्गुन २०७७, मंगलवार ०१:०३
१७ फाल्गुन २०७७, सोमबार २०:१०
१६ फाल्गुन २०७७, आईतवार २०:३५
१६ फाल्गुन २०७७, आईतवार १८:३५
१५ फाल्गुन २०७७, शनिबार २१:१०
१३ फाल्गुन २०७७, बिहीबार ११:५३
१३ फाल्गुन २०७७, बिहीबार ११:४३
१२ फाल्गुन २०७७, बुधबार १६:४०