शालीनदी मेला उच्च सतर्कताकासाथ सञ्चालन हुने

 ८ माघ २०७७, बिहीबार २२:२४   | सुबिन्द्र श्रेष्ठ

काठमाडौं (साँखु)। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायण स्वस्थानी मेला लाग्ने साँखुस्थित शालीनदी मेला यस वर्ष कोरोना महामारीको विषम परिस्थितिका बीच उच्च सतर्कताकासाथ सञ्चालन हुने भएको छ ।

माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले बिहिवार आयोजना गरेको पत्रकार सम्मेलनमा कोरोना महामारीको बिषम परिस्थिका कारण यस वर्षको मेलालाई मेलाको रुपमा सञ्चालन गर्न नसकिने तर हाम्रो संस्कृति परम्परापनि जोगियोस् र सम्पूर्ण व्रतालुहरुको स्वास्थ्य सुरक्षा पनि होस् भनेर बिशेष सावधानि र सतर्कता अपनाएर मेला सञ्चालन गर्ने तयारी भैरहेको समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले बताए ।


धर्ममाथी आस्था राख्ने भक्तजनहरुलाई मेलामा आउन रोक्न सक्ने अवस्था नरहेको भन्दै शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले चुनौतिका बीच धर्म कला संस्कृतिलाई जोगाउँदै विशेष सुरक्षा तथा स्वास्थ्य मापडण्दको व्यवस्था गरिएको बताए ।

मेला व्यवस्थापनको ठूलो चुनौति रहेको भन्दै प्रमुख श्रेष्ठले धर्म संस्कृति भन्दा ज्यान ठूलो भएकाले समेसम्म यस वर्ष मेलामा नआउन भक्तजनहरुमा आग्रह गरे ।

यस वर्ष सिमित व्रतालुहरुलाई मात्र व्रत वस्ने व्यवस्था गरिएको छ । व्रतालुहरुले माघ १० गतेदेखि १२ गतेसम्म नाम दर्ता गर्ने समय तोकिएको छ । साथै व्रत बस्न इच्छुक महानुभावहरुले अनिवार्यरुपमा माघ १३ गते समितिले तोकेको ठाउँमा पिसिआर/एण्टीजेन परीक्षण गराउनुपर्नेछ । विश्व स्वास्थ्य संगठनले रिसर गरेका विभिन्न रोगहरु भएका विरामीहरुलाई व्रतमा सहभागिता गराउन नसकिने समितिका अध्यक्ष श्रेष्ठले बताए ।

‘व्रतालुहरलाई वस्नका लागि बासस्थानको व्यवस्था समिति आफैले गर्ने भएको छ । त्यसका लागि केहि घरहरुको व्यवस्था गरिसकेको छ । यस विषम परिस्थितिमा स्वास्थ्यको दृष्टिकोणले व्रतालुहरुको लागि मात्रै व्रत बस्ने व्यवस्था गरिने भएकोले भरिसक्य स्थानीयलाई नै प्राथमिकता दिईने’ उनले जानकारी दिए ।

माघ १५ गतेदेखि फाल्गुण १५ गतेसम्म हुने माधवनारायण भगवको दर्शन पूजनको लागि भक्तजनहरुलाई दूरदर्शननको व्यवस्था गरिने, टिका र प्रसादको लागि स्वयमसेवको व्यवस्था गरिने भएको छ ।

व्रतालुको संख्यमा सिमित भए पनि भक्तजनहरुको उपस्थिति बाक्लो हुने भएकाले शान्ती सुरक्षा, स्वास्थ्य सतर्कता, बजार तथा यातायात व्यवस्थापनमा विशेष सतर्कता अपनाइने समितिले जनाएको छ ।

लाखौंको संख्यामा मेला भर्न आउँने दर्शनार्थीहरुलाई यातायातको सहजताका लागि विशेष व्यवस्था गरिने भएको छ । हाल साँखुमा चल्दै गरेको यातायातका साधनहरु थप गरी १०० वटासम्म पुराइने र दर्शनार्थीहरुको सुविधाकालागि राती ९-१० बजेसम्म गाडीको सञ्चालन गरिने शालिनदी बस व्यवसायी प्रा.लिका अध्यक्ष तथा माधवनारायण स्वस्थानी व्रत समितिका निवर्तमान अध्यक्ष गोविन्द बहादुर श्रेष्ठले पत्रकार सम्मेलनमा बताए ।

बिगतका दिनहरुमा गाडीहरुले मनोमानि रुपमा भाडा लिने गरेको भन्ने गुनासोलाई मध्यनजर गरी यस वर्ष साँखुमा चल्ने गाडीमा एकरुपता कार्यम हुनेगरी भाडादर निर्धारण गरिने र निर्धारण गरिएको भाडादरको तालिका गाडीहरुमा ताँसिनेछ । अनुगमन टोलिले समय समयमा अनुगमन गरिने र समितिले तोकिएको भाडाभन्दा बढी लिने गाडीलाई कार्वाहि गरिने प्रा.लिका अध्यक्ष श्रेष्ठले बताए ।

एक महिनामध्येको कुनै एक दिन मात्र भए पनि शालीनदीमा गई स्नान गरे पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ।

Facebook Comments

अन्तिम अपडेट: ८ माघ २०७७, बिहीबार २२:२४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया