प्रथम अन्तर्राष्ट्रिय धावक स्व. गजराज जोशीको मुर्ती निर्माण तथा जीवनी पुस्तक प्रकाशन गरिने
१६ फाल्गुन २०७७, आईतवार २०:३५
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा अल्पमतमा परेका प्रदेश १ र बागमती प्रदेश सरकारमा नेकपाको ओली समूहसँग सहकार्य गर्नु पर्ने पक्षमा उभिनु भएको छ ।
शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रभावशाली नेताहरुसँगको छलफलमा उहाँले ओली समूहसँगको सहकार्यमा जोड दिनुभएको हो ।
सभापति देउवाले बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेसले दाबी गर्नुपर्ने बताउनुभएको थियो ।
प्रदेश १ मा ओली समूहलाई सहयोग गरेर बागमती प्रदेशमा आफूनिकट नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउने देउवाको मनसाय रहेको छलफलमा सहभागी नेताहरुले बताएका छन् ।
तर देउवाको प्रस्तावमा पौडेल समूहले असन्तुष्टि पोखेको थियो ।
स्रोतका अनुसार केन्द्रले उठाएको विरोधको स्वर र प्रदेश समिकरणबीच तादम्यता मिल्नुपर्ने पौडेल समूहको अडान छ ।
बैठकले निष्कर्ष निकाल्न नसकेपछि प्रदेश संसदीय दलको नेतालाई काठमाडौं बोलाएर छलफल गर्ने र निर्णय लिने सहमति बनेको बुढानिलकण्ठ स्रोतले जनाएको छ ।
छलफलमा वरिष्ठ नेता पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहले ओली समूहसँग सहकार्य गरेर जान नहुने अडान राखेका छन् ।
सभापति देउवाले हिजो प्रदेश १ का केन्द्रीय सदस्य र अन्य नेताहरुसँग पनि छलफल गर्नुभएको थियो ।
त्यसक्रममा अधिकांश नेताहरुले ओली समूहसँग सहकार्य गर्न नहुनेका जोड दिएका थिए ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१६ फाल्गुन २०७७, आईतवार २०:३५
१६ फाल्गुन २०७७, आईतवार १८:३५
१५ फाल्गुन २०७७, शनिबार २१:१०
१३ फाल्गुन २०७७, बिहीबार ११:५३
१३ फाल्गुन २०७७, बिहीबार ११:४३
१२ फाल्गुन २०७७, बुधबार १६:४०
१२ फाल्गुन २०७७, बुधबार १६:१५
१२ फाल्गुन २०७७, बुधबार १५:५९
१२ फाल्गुन २०७७, बुधबार ०६:०९
११ फाल्गुन २०७७, मंगलवार २०:३९