4K युट्युब भिडियो अब एन्ड्रोइड फोनमा
२३ फाल्गुन २०७७, आईतवार ०९:३०
काठमाडौं, माघ ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली हिटलरी नाजीवादको नेपाली संस्करण भएको आरोप लगाउनुभएको छ ।
संसद विघटनको विरोधमा शुक्रबार काठमाडौंमा दाहाल–नेपाल समूहले गरेको विरोध सभामा अध्यक्ष नेपालले चुनावबाट आएका हिटलरले तानाशाही लादेर युरोपमा तीन करोड मानिसको हत्या गरेको स्मरण गराउनुभयो ।
केपी ओलीले आफ्नो नामभित्र लुकेको खड्ग अहिले प्रहार गर्न थालेको आरोप लगाउँदै नेपालले भन्नुभयो, ‘उनले आफ्नो नामजस्तै संविधानमाथि खड्ग प्रहार गरेका छन्, लोकतन्त्रमाथि खड्ग प्रहार गरेका छन्, स्थायित्वमाथि खड्ग प्रहार गरेका छन्, पार्टीमाथि खड्ग प्रहार गरेका छन् ।’
ओली सिद्धान्तनिष्ठ र सामूहिकतामा विश्वास गर्ने मान्छे होइनन् भन्दै उहाँले संविधानबाटै निर्वाचित व्यक्ति पनि तानाशाही हुने गरेको उदाहरण केपी ओलीबाट पुष्टि भएको बताउनुभयो ।
ओलीमाथि आरोपको वर्षा गर्दै नेपालले शुक्रबारको प्रदर्शन जनआन्दोलनको झल्को भएको तर फिल्म शुरु हुन अझै बाँकी रहेको उल्लेख गर्नुभयो ।
ओलीसँग अरिंगालको गोलो र साइबर सेनामात्रै रहेको भन्दै नेपालले ५० वर्षे सहकार्यमा ओलीले दुःख मात्रै दिएर हुर्मत लिएको गुनासो गर्दै भन्नुभयो, ‘अरिंगाल र साइबर सेनालाई ख्याल रहोस्–सूर्य चिह्न ल्याउने म यहाँ जीवितै छु ।’
नेपालले केपी ओलीलाई अरिंगाल मनपर्ने बताउनुभयो । ‘घरमा परिवारसँग झगडा भयो भने घरमै आगो लगाइदिने व्यक्ति हुन् केपी ओली,’ उहाँले भन्नुभयो, ‘उहाँ यस्तो व्यक्ति हुन्, जसलाई साइबर सेना र अरिंगाल मनपर्छ ।’
ओलीले माफी मागरेर गल्ती स्वीकारे केही समय जेलमा राखेर माफी दिने तर्क पनि नेता नेपालले गर्नुभयो ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
२३ फाल्गुन २०७७, आईतवार ०९:३०
२१ फाल्गुन २०७७, शुक्रबार २१:५१
१९ फाल्गुन २०७७, बुधबार १४:५३
१८ फाल्गुन २०७७, मंगलवार २०:५४
१८ फाल्गुन २०७७, मंगलवार ०१:०३
१७ फाल्गुन २०७७, सोमबार २०:१०
१६ फाल्गुन २०७७, आईतवार २०:३५
१६ फाल्गुन २०७७, आईतवार १८:३५
१५ फाल्गुन २०७७, शनिबार २१:१०
१३ फाल्गुन २०७७, बिहीबार ११:५३