टोखामा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गयो

 ९ माघ २०७७, शुक्रबार ११:२९   | न्यूज अफ टोखा

काठमाडौं । काठमाण्डौको टोखा नगरपालिका-३ मा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । 

बा ४ ख ३१०७ नम्बरको टिप्पर र वाग्मती प्रदेश ०२ ०२२ प २०४२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गोङ्गबुका १७ वर्षका सञ्जीव महर्जनको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार महर्जनको उपचारका क्रममा शिक्षण अस्पतालमा ज्यान गएको हो । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

Facebook Comments

अन्तिम अपडेट: ९ माघ २०७७, शुक्रबार ११:२९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया