आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जान प्रतिवद्धता जनाए पार्टी एकता हुन सक्छ – उप प्रधानमन्त्री पोखरेल

 १० माघ २०७७, शनिबार २०:२३   | न्यूज अफ टोखा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा उप प्रधानमन्त्री ईश्वर पोखरेलले पुष्प कमल दहाल (प्रचण्ड)ले पार्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पेस गरेको आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जान प्रतिवद्धता जनाए पार्टी एकता हुन सक्ने बताएका छन् ।

शनिवार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) टोखा नगर कमिटी ओली खेमाद्वारा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा केन्द्रीय सचिवालय सदस्य तथा उप प्रधान मन्त्री पोखरेलले नेकपाभित्र अझै पनि सहमतिको सम्भावना रहेको  बताएका हुन् ।

उप प्रधानमन्त्री पोखरेलले ताजा जनादेशका लागि तोकिकै समयमा निर्वाचन हुने समेत कार्यक्रममा बताए ।


त्यस्तै उप प्रधानमन्त्री पोखरेलले संसद् विघटनको मुद्दा अब अदालतमा पुगिसकेको भन्दै सर्वोच्चको निर्णय सबैले मान्नुपर्ने बताए ।

पार्टीका दुई अध्यक्ष बीच भएको अन्तर द्वण्दका कारण सृजना भएको पछिल्लो विषम राजनीति परिस्थितिलाई गति दिन जनताको ताजा जनादेशका लागि निर्वाचनमा जानुको विकल्प नरहेको समेत उप प्रधानमन्त्री पोखरेलले बताए ।  

पार्टीको चुनवा चिन्ह सूर्यको सन्दर्भमा मन्त्री पोखरेले भने:’ तपाईहरु आगामी चुनावका लागि तयारी गर्नुस्, जहाँ केपीको नेकपा हुन्छ त्यही सूर्य चिन्ह हुन्छ ।’

ओली खेमाद्वारा आयोजना गरिएको टोखा नगर स्तरिय अगुवा कार्यकर्ता नेकपाका केन्द्रिय सदस्यहरु नारायण सिलवाल, टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, रत्न गुरुङ र केशव स्थापितले सम्बोधन गरेका थिए । भेलाको अध्यक्षता पार्टी नगर कमिटिका अध्यक्ष सत्य नारायण डंगोलले गरेका थिए भने सञ्चालन नगर कमिटि सचिवालय सदस्य भानु दहालले गरेका थिए ।

Facebook Comments

अन्तिम अपडेट: १० माघ २०७७, शनिबार २०:२३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया