वाग्मती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

 १९ माघ २०७७, सोमबार १०:२७   | सुबिन्द्र श्रेष्ठ

काठमाडौँ । वाग्मती प्रदेशसभाको बैठक सूचना टाँस गरी आउँदो फागुन ५ गतेसम्मका लागि स्थगित गरिएको छ ।

आज दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि माघ ९ गते बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भएर स्थगित भएको थियो ।

आउँदो बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने  बताइएको छ ।

वाग्मती प्रदेशसभामा  नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदुर किसान पार्टीका दुई र स्वतन्त्र एक गरी ११० सदस्य रहेका छन् ।

Facebook Comments

अन्तिम अपडेट: १९ माघ २०७७, सोमबार १०:२७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया