दाहाल-नेपाल समूहद्वारा आन्दोलनका कार्यक्रमहरु घोषणा

 २२ माघ २०७७, बिहीबार ०८:१६   | न्यूज अफ टोखा

काठमाडौँ । प्रतिनिधिसभाको असंवैधानिक विघटन र संवैधानिक नियकामा सिफारिस गरिएकाहरुलाई शपथ ग्रहण गराएर खटाएपछि नेकपाको दाहाल-नेपाल समूहले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिकी सह-संयोजक पम्फा भुसालले पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरिएको बताइन् । देशभर आम हड्ताल गर्नु आफूहरुको बाध्यता भएको प्रवक्ता एवं संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै दाहाल-नेपाल समूहले तेस्रो चरणको आन्दोलन गरिरहेको छ । उक्त समूहले २८ गते राजधानीमा बृहत प्रदर्शन गर्दै छ ।


Facebook Comments

अन्तिम अपडेट: २२ माघ २०७७, बिहीबार ०८:१६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया