प्रथम विष्णाप अन्तर सहकारी कप २०७७ हुने (तालिका सहित)

 २२ माघ २०७७, बिहीबार १८:२४   | न्यूज अफ टोखा

काठमाडौं । यही माघ २३ गतेदेखि विष्णाप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ‘प्रथम विष्णाप अन्तर सहकारी व्याडमिन्टन प्रतियोगिता – २०७७’ हुने भएको छ ।

टोखा व्याडमिन्टन एकेडेमी हलमा खेलाईने उक्त प्रतियोगिता ‘बि’ र ‘सि’ लेबलका खेलहुने संस्थाका अध्यक्ष रामराज श्रेष्ठले बताएका छन् ।

ऐतिहासिक टोखामा रहेका सहकारीहरू बीच हुने प्रतियोगिता अन्तर्गत ‘बि’ लेवल खेलमा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः नगद रू २० हजार, १५ हजार र १० हजार सहित शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ, त्यस्तै ‘सि’ लेवल खेलमा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः नगद रू १५ हजार, १० हजार र ६ हजार सहित शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताएका छन् ।


Facebook Comments

अन्तिम अपडेट: २२ माघ २०७७, बिहीबार १८:२४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया