एक दिवसीय आत्मरक्षा प्रशिक्षण कार्यक्रम हुने

 २३ माघ २०७७, शुक्रबार ११:३६   | न्यूज अफ टोखा

काठमाडौँ । यही फागुन १ गते ‘एक दिवसीय आत्मरक्षा प्रशिक्षण’ तालिम सञ्चालन हुने भएको छ । समाजमा महिला हिंसा , बलात्कार तथा लुटपाटका घटनाक्रम दिनप्रति दिन बढ्दै गएपछि महिला तथा पुरुषहरूलाई आत्मरक्षासम्बन्धी तालिम दिइन लागेको हो।

लियो क्लव अफ काठमाडौँ सेन्टर टाउनको आयोजना तथा गंगबुँ डोजो क्लवको सहयोगमा हुने यस प्रशिक्षण कार्यक्रममा इच्छुक सबै महिला तथा पुरुषहरुले सहभागिता जनाउन सकिने लियो क्लव अफ काठमाडौँ सेन्टर टाउनका सहसचिव तथा  कार्यक्रम संयोजक अल्फा शर्माले बताएकी छन्।

अन्तराष्ट्रीय सम्वो खेलाडी तथा स्वर्ण पदक बिजेयता सब्बा रानी महर्जनले दिइने उक्त प्रशिक्षण कार्यक्रमा सहभागि हुन अग्रीम नाम दर्ता गर्नुपर्नेछ । जसकालागि अनलाइनबाट आफ्नो नाम दर्ता गर्नु पर्नेछ ।

गंगाबु डोजो तथा सम्वो क्लवमा हुने कार्यक्रम स्थलमा कोरोना भाइरस रोकथामको सावधानी तथा सुरक्षा सतर्कता अपनाइने संयोजक शर्माले जानकारी दिएकी छन् ।

नाम दर्ता गर्न यहाँ थिच्नु होस्

Facebook Comments

अन्तिम अपडेट: २३ माघ २०७७, शुक्रबार ११:३६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया