सम्पदा अभियान्ता सुमन सायमी सहित ८ जना पक्राउ
१३ फाल्गुन २०७७, बिहीबार ११:५३
काठमाडौँ । बिहीवार आमहड्ताल गरेको नेकपाको प्रचण्ड-नेपाल समूहले नागरिकलाई पर्न गएको अप्ठ्यारोप्रति माफी मागेको छ । आज पत्रकार सम्मेलन गर्दै प्रचण्ड-नेपाल समूहले हिजोको आमहड्ताल रहर नभएर बाध्यता भएको बताएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अप्ठ्याराकाबीच आफूहरुले नागरिकको समर्थन पाएको दाबी गर्नुभयो । उहाँले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको गैरजिम्मेवारी कदम र लोकतन्त्रमाथि भएको प्रहारको जवाफमा बिहीवार आमहड्ताल गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘कसैले तपाईँको लुगा तानेर च्यात्यो भने, तुरुन्त प्रतिवाद त गर्नु पर्यो नी ! हो, हिजोको आमहड्ताल ठ्याक्कै त्यस्तै हो । हामी लोकतन्त्रमाथिको प्रहारविरुद्ध तत्काल प्रतिवाद गर्न सडकमा गएका हौँ ।’
प्रचण्डले आमहड्ताल गर्नु आफ्नो र आफ्नो पार्टीको नीति र नियम नभएको पनि दाबी गर्नु भएको छ ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१३ फाल्गुन २०७७, बिहीबार ११:५३
१३ फाल्गुन २०७७, बिहीबार ११:४३
१२ फाल्गुन २०७७, बुधबार १६:४०
१२ फाल्गुन २०७७, बुधबार १६:१५
१२ फाल्गुन २०७७, बुधबार १५:५९
१२ फाल्गुन २०७७, बुधबार ०६:०९
११ फाल्गुन २०७७, मंगलवार २०:३९
७ फाल्गुन २०७७, शुक्रबार १४:२४
७ फाल्गुन २०७७, शुक्रबार १४:२१
७ फाल्गुन २०७७, शुक्रबार १४:०२