प्रथम विष्णाप अन्तर सहकारी कप २०७७ को उपाधि फ्रेन्डशीप सहकारीलाई

 २५ माघ २०७७, आईतवार ११:२४   | न्यूज अफ टोखा

काठमाडौं । विष्णाप बचत तथा ऋण सहकारी संस्था लिमिटेड टोखाले आयोजना गरेको ‘प्रथम विष्णाप अन्तर सहकारी कप २०७७’ अन्रर्गत ‘प्रथम विष्णाप अन्तर सहकारी व्याडमिन्टन प्रतियोगिता – २०७७’ को उपाधि फ्रेन्डशीप बहुउदेशीय सहकारी संस्थाले जितेका छन् ।

माघ २३ गतेदेखि टोखा व्याडमिन्टन एकेडेमी हलमा सुरु भएको मेन्स डवल व्याडमिन्टन प्रतियोगिताको बी र सी समुहको दुबै  प्रतियोगिता फ्रेन्डशीप बहुउदेशीय सहकारी संस्थाले जितेका हुन् ।

शनिवार समापन कार्यक्रममा प्रतियोगिताको बी समुहमा प्रमथ हुने  फ्रेन्डशीप बहुउदेशीय सहकारी संस्थाका खेलाडीहरु बुद्ध बहादुर महर्जन र शोख राज डंगोललाई नगद रु २० हजार सहित शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गरिको थियो । त्यस्तै प्रतियोगितामा द्वीतीय भएका आयोजनक विष्णाप बचत तथा ऋण सहकारी संस्थाका खेलाडी शोभलाल महर्जन र अमन महर्जनलाई नगद १५ हजार सहित शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गरिको थियो ।प्रतियोगिताको तृतीय भएका हाम्रो सहारा बचत तथा ऋण सहकारी संस्थाका मनकाजी श्रेष्ठ र पुष्प श्रेष्ठ तथा जयपुर बहुउद्देश्य सहकारीका अमर डंगोल र सुर्दशन डंगोललाई नगद ५/५ हजार सहित शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गरिको थियो ।

त्यस्तै गरी सी समुहमा प्रथम भएका फेन्डशीप बहुउद्देश्य सहकारीका कालुमान गुरुङ्ग र मोहन कुवरलाई नगद रु १५ हजार सहित शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गरिको थियो ।द्वीतीय भएका नयाँ पुस्ता सहकारीका रवि श्रेष्ठ र बिजय डंगोललाई नगद रु १५ हजार सहित शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गरिको थियो । त्यस्तै तृतीय भएका पद्मचक्र सहकारीका सन्देश डंगोल र सुरेश श्रेष्ठ , पद्मचक्र सहकारीका राजकाजी डंगोल र बिजेन्द्र श्रेष्ठलाई क्रमश नगद ६ /६ हजार सहित सहित शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गरिको थियो ।

ऐतिहासिक टोखामा रहेका सहकारी मध्य १५ वटा सहकारीले सहभागिता जनाएको उक्त प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलको अनुपस्थितिमा टोखा नगरपालिका २ वडाका अध्यक्ष दिपक राज जोशीले बिजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै उक्त प्रतियोगितामा टोखाका  विभिन्न खेलहरुमा राष्ट्रीयस्तरका खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो । क्रिकेट खेलाडी खुशी डंगोल, सापाकटाकुरका खेलाडीहरु सुमित्रा डंगोल, सोस्तिका श्रेष्ठ,  उषा महर्जन र अजय डंगोल  बडीविल्डर उमेश डंगोल सम्मानीत भएका थिए ।

समापन कार्यक्रममा सम्बोधन गर्दै टोखा २ वडाका वडाध्यक्ष दिकराज जोशीले टोखामा व्याडमिन्टन खेलको विकास भैरहेको भन्दै व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने संस्थालाई वडा कार्यालयबाट एक लाख नगद सहयोग गर्ने घोषणासमेत गरेका थिए ।

उनले आफ्नो वडाकार्यालयले नगरस्तरी व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने तयारी भैरहेको जानकारी गराउदै खेलाडीहरुलाई तयारी अवस्थामा रहन्न अनुरोध समेत गरेका थिए । उनले अब महिलालाई पनि यसमा सहभागिता जनाउने वातावरणसमेत मिलाउन आयोजकलाई सुझावदिएका थिए ।

त्यस्तै विष्णाप बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा कार्यक्रममा सभापति राम राज श्रेष्ठले टोखा भित्र रहेका सहकारीहरु वीचको सम्बन्ध सुमधुर बनाई रहन तथा खेलाडीहरुको क्षमता तथा उनीहरुलाई हौसला दिन प्रतियोगिताको आयोजना गरिएको बताए ।

आगामी दिनहरुमा खेलकुदको विकासका  लागि विभिन्न खेलहरुको आयोजना गरिने भन्दै उक्त प्रतियोगिता सफल पार्न सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई धन्यबाद ज्ञापन समेत गरेका थिए

बेस्ट अफ थ्रीमा खेलाएको उक्त प्रतियोगिताका खेल संयोजक आशाभाई महर्जनले प्रतियोगिता विवादरहित सम्पन्न भएको बताए । खेल अवधिभर सम्पुर्ण सहभागी खेलाडीहरू अनुशासित र उत्सुकताका साथ खेलेको उनको भनाई थियो

टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलले उद्घाटन गरिएको उक्त प्रतियोगिताको समापन कार्यक्रमामा ज्योति विकास बैक, टोखा शाखाका मेनेजर मोहना श्रेष्ठ,  संस्थापक अध्यक्ष नवीन कुमार डंगोल, सल्लाहकार नानी बाबु डंगोल लगाएको उपस्थिति रहेको थियो ।

Facebook Comments

अन्तिम अपडेट: २५ माघ २०७७, आईतवार ११:२४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया