लघु उद्यमी बहुउद्देश्यीय सहकारीको उद्घाटन

 २५ माघ २०७७, आईतवार ११:३०   | न्यूज अफ टोखा

काठमाडौं । टोखा नगरपालिका – २  स्थित क्वखः तलेजु मन्दिर परिसरमा लघु उद्यमी बहुउद्देश्यीय सहकारी लिमिटेड सञ्चालनमा आएको छ । लघु उद्यमी महिला समाजमा आबद्ध सदस्यहरुको समूहले शनिवारदेखि टोखा नगरपालिका १,२,३ ४ र ६ लाई केन्द्रबिन्दु बनाएर सहकारी सञ्चालन गरेका हुन् । 

२०७७ सालमा दर्ता भएको लघु उद्यमी बहुउद्देश्यीय सहकारी आजबाट औपचारिक सुरुवात गरिएको अध्यक्ष सतीदेवी डंगोलले जानकारी दिइन । सहकारीको उद्घाटन टोखा नगरपालिका उपप्रमखु ज्ञानमाया डंगोलले गरिकी हुन् । विशेष अतिथिको रुपमा टोखा नगरपालिका – २ का वडा अध्यक्ष दिपक राज जोशी, टोखा नगरपालिका सहकारी शाखा प्रमुख कमला कार्की, नयाँ पुस्ताबचता ऋण सहकारी संस्था राज कुमार डंगोल लुघु उद्यम महिला समाजका अध्यक्ष नारायणदेवी श्रेष्ठ तथा समाजका सदस्यहरुको उपस्थितिमा सहकारीको औपचारिक उद्घाटन गरिएको थियो ।

सदस्यहरुको व्यक्तिगत एवं सामुहिक क्षमता अभिबृद्धि गरी स्वावलम्वी एवं आत्मनिर्भर समाजको निर्माणमा योगदान पुर्‍याउने, सदस्यहरुको प्राथमिकता आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशील र आयमूलक क्षेत्रमा सदस्यहरु मार्फत लगानी प्रवर्द्धन गरी हरिएर रहेको राष्ट्रीय पुँजिको उपयोग गर्ने लगायतको उद्देश्यका साथ सहकारीको स्थापना गरिएको सहकारीका सचिव सुशिला श्रेष्ठले कार्यक्रममा बताए ।

सहकारीले ऋणमात्र प्रवाह गर्ने होइन व्यवसायी पनि बनाउने भएकाले बजारको माग अनुसार सहजै बिक्ने बस्तुहरुको उत्पादन तथा व्यवाय गर्नुपर्नेमा कार्यक्रमका प्रमुख अतिथि तथा उपप्रमुख ज्ञानमाया डंगोलले जोड दिइन् ।

समाजले सामुहिक रुपमा विभिन्न घरेलु वस्तुहरुको उत्पादन गर्दै आइरहेको अवस्थामा जोखिमको पहिचान आम्दानीको स्रोत पहिचान गरी अगाडी बड्न टोखा -२ वडाका वडा अध्यक्ष दिपक राज जोशीले सुझाव दिएका थिए ।

 ‘तपाईका कर्मशील हात, टोखा उद्यमीको साथ ’ भन्ने नारा सहित सुरु गरिएको सहकारीको हाल चुक्ता पुँजि १८ लाख रुपैयाँ रहेकोछ । महिला समुहले सञ्चालन गरिएको सो सहकारी संस्थामा नारी सम्बद्धन बचत योजना सहित जेष्ठ नागरिक बचत योजना, नियमित बचत, अवधी क्रमिक बचत योजना, बाल भविष्य बचत योजना, शेयर बचत योजना, सम्बद्धन व्यवसायिक उन्नती बचत योजना रहेका छन् । त्यस्तै सहकारीमा सामूहिक जमानी कर्जा, व्यवसायिक कर्जा, महिला उद्यमी कर्जा, शैक्षिक कर्जा, आवधिक बचत धितो कर्जा, सम्बद्धन छिटो कर्जा सुविधा पाइने सहकारीका सचिव सुशिला श्रेष्ठले बताए । 

लघु उद्यमी महिला समाजको संक्षितप्त परिचय

स्थानीय सरकार तथा सामुदायीक विकास कार्यक्रम अन्तर्गत २०६८ चैत्र महिनामा नागरिक सचेतना केन्द्रको स्थापना भएको थियो । सामाजिक परिचालकका रुपमा सुशिला श्रेष्ठको नेतृत्व गरेको केन्द्रले विशेष गरी महिला तथा वालकालिकाहरुको क्षेत्रमा कार्य गर्थे । केन्द्रले महिलाहरुलाई सामुहिकरुपमा एकेबद्धता गराएर आर्यआर्जनका लागि विभिन्न शिपमूलक तालिम तथा कार्यक्रम सञ्चालन गरेका थिए । केन्द्रले आफ्नो बारीमा उत्पादित कृषी जन्य वस्तुहरुको हातबजार लगाउने कार्यसमेत गरिएका थिए ।

नेपाल सरकारको नयाँ नीति अनुसार २०७४ साल माघ १७ गते नागरिक सचेतना केन्द्रलाई परिमार्जित गर्दै लघु उद्यमी महिला समाजको रुपमा स्थापना गरिएको थियो । समाजका सदस्यहरुले साप्ताहिक ५०/५०रुपैयाँ जम्मा गर्दै आवश्यक परेका सदस्यहरुलाई न्यूनत व्याजदरमा ऋण दिदै सञ्चालन गर्दै आइरहेका छन् । समाजले सदस्यहरुलाई आर्यआर्जनका लागि विभिन्न तालिमहरु प्रदान गर्दै मखमलीको जुत्ता तथा थैलि लगायतका वस्तुहरु उत्पादन तथा बिक्री वितरणसमेत गर्दै आइरहेका छन् । यसलाई अझ सशक्त रुपमा अगाडी लानका लागि सहकारीको माध्यमबाट आफ्नो शेयर लगानीमा आफ्नै लागि रोजगारी सिर्जना गर्न सहकारीको सञ्चलान गरिएको छ ।

Facebook Comments

अन्तिम अपडेट: २५ माघ २०७७, आईतवार ११:३०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया