चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या

 २६ माघ २०७७, सोमबार १२:१३   | न्यूज अफ टोखा

काठमाडौँ: पछिल्लो झन्डै चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ। २०७४ सालयता बलात्कारका घटना ७ हजार १ सय ७० वटा भएकामा १७ जना मारिएका हुन्। ०७०/७१ मा मुलुकभर बलात्कारका ९ सय ५ वटा घटना भएका थिए। ०७६/७७ सम्म आइपुग्दा दुई गुणा बढेर २ हजार १ सय ४६ वटा घटना भएको प्रहरी अभिलेखमा छ।

प्रदेश १ मा बढी घटना भएको देखिन्छ। ०७४/७५ मा ३ सय ४८, ०७५/७६ मा ५ सय ४८, ०७६/७७ मा ४ सय ८५ र ०७७/७८ को पुससम्म ३ सय २५ वटा घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

संख्यात्मक रूपमा प्रदेश १ मा धेरै घटना देखिए पनि वृद्धि भने सुदूरपश्चिममा देखिन्छ। प्रहरी मुख्यालयका अनुसार ०७४/७५ मा सुदूरपश्चिममा ९३ वटा बलात्कारका घटना भएका थिए। ०७५/७६ मा १ सय ७१, ०७६/७७ मा २ सय १ र ०७७/७८ को पुससम्म १ सय २३ वटा घटना भएको देखिन्छ।, याे समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

Facebook Comments

अन्तिम अपडेट: २६ माघ २०७७, सोमबार १२:१३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया