ओलीले मदन भण्डारीको नाम छाडेर पशुपतिनाथको नाम जप्‍न थाले : माधव नेपाल

 २८ माघ २०७७, बुधबार १७:४३   | न्यूज अफ टोखा

काठमाडौँ । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली मदन भण्डारीको नाम छाडेर पशुपतिनाथको नाम जप्न थालेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित विरोध सभामा बोल्दै नेता नेपालले ओलीले मदन भण्डारीको नाम जप्न छाडेर पशुपतिनाथको नाथको नाम जपेपनि माफी नपाउने बताएका हुन् ।

‘केपी ओलीजी तपाईंले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ । अब त्यो नाम पनि बिर्सिसक्नु भएको छ । अहिले पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नुभएकोछ,’ नेता नेपालले भने, ‘तर पशुपतिनाथले कसलाई माया गर्छन् थाहा छ ? जो मानिस असल छ, राम्रो प्रवृत्तिको छ, जसले धर्म गर्दछ । पाप गर्नेलाई पशुपतिले पनि माफी गर्दैनन् । अधर्मीलाई पशुपति नाथले माया गर्नुहुन्न । केपी ओलीलाई चेतना भया ।’

देशमा बलात्कारका घटना बढेको भन्दै नेपालले बलात्कृत भएका चेलीहरुले ओलीलाई धिक्कारेको बताए ।

‘केपी ओलीको शासनकालमा ७ हजार १७० नेपाली चेली बलत्कृत भएकी छन् । ती चेलीहको आत्मकाले ए, ओली तिमीले कतिजनालाई सजाए दिएका छौ,’ नेपालले भने, ‘तिमिजस्ता मान्छेलाई पार्टीले त्यो पदमा पुर्‍यायो तर तिमीले लोकतन्त्र समाप्त पार्न लागेका छौं । तिमिलाई धिक्कार छ । आम नेपाली जनताले भनेका छन् । केपी ओलीलाई धिक्कार छ । पशुपतिनाथले पनि भन्लान केपी ओलीलाई धिक्कार छ ।’

ओलीको पाप बत्ती बालेर त्यत्तिकै धोइपखाली गर्न नसकिने अध्यक्ष नेपालको भनाइ छ ।

Facebook Comments

अन्तिम अपडेट: २८ माघ २०७७, बुधबार १७:४३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया