विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

 २८ माघ २०७७, बुधबार ११:४८   | न्यूज अफ टोखा

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

सोमवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अहिले कायममुकायमको भूमिकामा रहेका शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो ।

गएको भदौमा कुलमान घिसिङको कार्यकाल सकिएपछि सरकारले प्राधिकरणकै उप-कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त प्रमुखको जिम्मेवारी दिएको थियो । यस्तै कात्तिक २१ गते हितेन्द्रदेव शाक्यलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।

उहाँ यसअघि नेपाल विद्युत प्राधिकरणकै इन्जिनियरिङ कम्पनीको प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो। 

Facebook Comments

अन्तिम अपडेट: २८ माघ २०७७, बुधबार ११:४८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया