मरणोपरान्त शरीर दान दिने सत्यमोहन जोशी दम्पतीको घोषणा

 ३० माघ २०७७, शुक्रबार १९:४४   | न्यूज अफ टोखा

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवी जोशीले मरणोपरान्त शरीर दान दिने घोषणा गर्नुभएको छ । ललितपुर महानगरपालिकाको कार्यालय प्राङ्गणमा भएको कार्यक्रममा जोशी दम्पतीले मृत्युपछि शरीर दान दिने घोषणा गर्नुभएको हो ।

जोशी दम्पतीले मृत्युपछि किस्ट मेडिकल कलेजलाई शरीर दान दिने बताउनुभयो । चिकित्सा विज्ञानमा प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त शरीर दान दिने घोषणा गरेको सत्यमोहन जोशीले बताउनुभयो ।

ललितपुरको बखुम्बहालमा १९७७ साल वैशाख ३० गते जन्मिनुभएका सत्यमोहन जोशी एक सय एक वर्षको पुग्नुभयो । उहाँकी श्रीमती राधादेवी ९६ वर्षकी हुनुहुन्छ । जोशीले नेपाली कला, संस्कृति र साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको उपस्थितिमा भएको कार्यक्रममा उहाँहरुले शरीर दान दिने घोषणा गर्नुभएको हो ।  गएको वर्ष सय वर्ष पुगेको अवसरमा ललितपुर महानगरपालिकाले विभिन्न कार्यक्रम गरी जोशीको जन्मशताब्दीसमेत मनाएको थियो । 

Facebook Comments

अन्तिम अपडेट: ३० माघ २०७७, शुक्रबार १९:४४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया