महिला हिंसा र प्रतिगमनविरुद्ध राजधानीमा महिला मार्च

 ३० माघ २०७७, शुक्रबार २०:०४   | न्यूज अफ टोखा

काठमाडौं । शुक्रबार राजधानीमा महिला हिंसा र प्रतिनिधिसभा विघटनको विरोधमा महिला मार्च भएको छ । 

काठमाडौंको वसन्तपुरबाट सुरु भएको महिला मार्च रत्नपार्क हुँदै भद्रकालीबाट सिहंदरबारतर्फ अगाडि बढ्ने बताइएको थियो । तर, भद्रकालीमै प्रहरीले रोकेको हो । मार्चको क्रममा सरकारले महिला हिंसा रोक्न नसकेको भन्दै आक्रोश व्यक्त गरिएको छ । 

मार्चमा सहभागीले महिला हिंसा बन्द गर, बलात्कारीलाई सजाय दे, हत्यारा पहिचान गरेर कारबाही गर लेखिएका प्लेकार्ड बोकेका थिए । ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ समूहको ब्यानरमा महिला मार्च भएको हो । 

महिला मार्चमा सहभागीले हरेक दिन प्रतिगमन भएको भन्दै आक्रोश व्यक्त गरे । महिला मार्चसहितको विरोध प्रदर्शनमा विभिन्न राजनीतिक दलसँग आबद्ध महिला नेतृसँगै मानवअधिकार क्षेत्रमा क्रियाशिल महिलाहरुको सहभागीता थियो ।

Facebook Comments

अन्तिम अपडेट: ३० माघ २०७७, शुक्रबार २०:०४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया