टोखामा आत्मरक्षा तालिम सम्पन्न

 १ फाल्गुन २०७७, शनिबार १७:५५   | न्यूज अफ टोखा

काठमाडौं । टोखा नगरपालिका वडा नम्बर ९ गंगबुमा एक दिवसीय आत्मरक्षा तालिम सम्पन्न भएको छ । लियो क्लव अफ काठमाडौँ सेन्टर टाउनको आयोजना र गंगबुँ डोजो तथा सम्वा क्लवको प्राबिधिक सहयोगमा  शनिवार हिमालय बृद्धा आश्रम-गंगबु दोजो तथा सम्वो क्लवको हलमा तालिम सम्पन्न भएको हो ।

महिलामाथि हुने बलात्कार र जवरजस्ती करणीलगायत न्यूनीकरण गर्न तथा सचेतीकरणको लागि एक दिवसीय आत्मरक्षा तालिम प्रशिक्षणको आयोजना गरिएको आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा अन्तराष्ट्रीय सम्वो खेलाडी तथा स्वर्ण पदक बिजेयता सब्बा रानी महर्जनले आत्मरक्षा तालिम दिएका थिए । भने  २० जना छात्राहरुले आत्मरक्षा तालिममा सहभागिता जनाएका थिए ।

उक्त एक दिवसीय तालिमलाई सम्बोध्न गर्दै कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलले समाजमा बढ्दो महिला हिसा तथा बलात्कारबाट आफु र अरुलाई बचाउन अहिलेको आवश्यकता भएको भन्दै यस्तो आत्मराक्षा तालिमले समाजमा हुनसक्ने सम्भावित घटनाहरुबाट जोगिन ठूलो मद्दत मिल्ने बताउनु भयो ।

उप्रमप्रमुख डंगोलले समाजले केटाहरु रुन हुन्न भन्ने सिकाएको भन्दै समाजले अब केटाहरुले केटीहरुलाई रुवाउन हुन्न भन्ने पाठ पनि सिकाउनु पर्ने आश्यक भएको तर्क राख्नु भयो । आफु माथि जाइलाग्ने प्रति प्रतिकार गर्न मानसिक तथा शारीरिक रुपमा विशेष गरी महिलाहरु तयारी अवस्थामा रहनु पर्ने समेत उहाँले बताउनु भयो ।

 प्रशिक्षक सम्बा रानी मर्हजनले अहिलेको आश्यकता भनेको महिला र पुरुष दुबै हिंसाबाट आफु बच्नका लागि मानसिक र शारीरिक रुपमा तयार हुने पर्ने भन्दै आत्मरक्षाका लागि आफु सदैव तयारी अवस्थामा रहनु पर्ने बताइन ।

लियो क्लव अफ काठमाडौँ सेन्टर टाउनका अध्यक्ष लियो सुनिल तिवारीको सभापतित्वमा सञ्चालित कार्यक्रममा गंगबु डोजो तथा सम्वो क्लवका स्थापक बाबुराजा डंगोल, लियो क्लव अन्तर्गतका विभिन्न क्लवमा आवद्ध रहेका  प्रकाश थापा, मनिष अर्याल, सुदिन रिजाल, योगेश गौताम लगायतले समाजमा महिलामात्र हिंसामा नपरेको भन्दै महिला पुरुष दुबैलाई आत्मराक्षाका लागि यस्तो तालिमहरुको आयोजना गर्नु पर्ने बताएका थिए ।

लियो क्लव अफ काठमाडौँ सेन्टर टाउनका सहसचिव अल्फा शर्माको संयोजकत्वमा भएको उक्त कार्यकक्रमलाई सेन्टर टाउनका सचिव विकास रिमालले सञ्चलन् गरेका थिए । त्यस्तै प्रशिक्षणमा पूजालामाले सहयोग गरेकी थिइन् । कार्यक्रमा सहभागिहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

Facebook Comments

अन्तिम अपडेट: १ फाल्गुन २०७७, शनिबार १७:५५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया