टोखा युवा बहुउद्देश्यीय सहकारीको प्रारम्भिक साधारण सभा सम्पन्न

 १ फाल्गुन २०७७, शनिबार १८:४९   | न्यूज अफ टोखा

काठमाडौँ । टोखा युवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ । टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलको प्रमुख आतिथ्यतामा शनिवार चण्डेश्वरी मन्दिर परिसरमा प्रारम्भिक साधारण सभा सम्पन्न भएको हो ।


२०७७ कार्तिक २९ गते शनिबारबाट ‌औपचारिक रुपमा टोखा नगरपालिका वडा नम्वर २ हास द्यः चोकमा सञ्चालन गरिएको सहकारीको शनिवार भएको प्रारम्भिक साधारण सभाबाट शान्ति श्रेष्ठको अध्यक्षमा नौ सदसीय नयाँ कार्य समितिको समेत गठन गरिएको छ ।


जसमा राज्यलक्ष्मी श्रेष्ठ (उपाध्यक्ष), अनिता श्रेष्ठ (सचिव), निशा डंगोल (कोषाध्यक्ष ), सदस्यहरुमा क्रमशः मंगलीदेवी श्रेष्ठ, नारायण देवी श्रेष्ठ, बुद्ध श्रेष्ठ, अष्ट कुमार र राजकाजी श्रेष्ठ रहेका छन् ।

त्यस्तै ऋण समितिमा अष्ट कुमार श्रेष्ठको संयोजकत्वमा तीन सदसीय समितिको गठन गरिएको छ । जसमा धनवती श्रेष्ठ र राज्यलक्ष्मी श्रेष्ठ सदस्य रहेका छन् ।

कार्यक्रममा टोखा नगरपालिका सहकारी शाखा प्रमुख कमला कार्की, लेखा परिक्षक बासुदेव अधिकारी, संस्थाका सल्लाहकार तथा टोखा युवा क्लवका अध्यक्ष राम राज श्रेष्ठ, संस्थाका सल्लाहकार प्रकाश डंगोल, राजिव श्रेष्ठ तथा क्लवका सदस्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नव गठीत कार्यसमितिका सदस्यहरुलाई सपथग्रहण तथा प्रमाण पत्रसमेत वितरण गरिएको थियो ।

Facebook Comments

अन्तिम अपडेट: १ फाल्गुन २०७७, शनिबार १८:४९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया