प्रजातन्त्र दिवसको अवसरमा १५ बन्दी र ४०१ जना कैदीको सजाय मिनाहा

 ७ फाल्गुन २०७७, शुक्रबार १४:२४   | न्यूज अफ टोखा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सालिन्द्र यादवसहित विभिन्न कारागारमा रहेका १५ जना बन्दीको सजाय मिनाहा हुने भएको छ । 

प्रशासन कार्यालय र कारागार शाखाको सिफारिसमा असल बानीव्यहोरा भएका, कारागारको मापदण्ड पूरा गरेका कैदीको छुट दिने मापदण्डका आधारमा छुट दिने निर्णय गरिएको सरकारले जनाएको छ । 

विभिन्न कारागारमा रहेका उनीहरुलाई अदालतबाट भएकाे फैसला बमोजिम लागेकाे कैद, जरिवाना, सर्वस्वलगायतको सजाय माफी गरिएको हो । यस्तै ४०१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरेर माफी मिनाहा हुने भएको छ ।

आजदेखि लागू हुने गरेर बिर्खहाङ लिम्बुसहितका ४१० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरेर माफी मिनाहा गर्ने निर्णय भएको हो । 

Facebook Comments

अन्तिम अपडेट: ७ फाल्गुन २०७७, शुक्रबार १४:२४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया