लद्दाखमा भएकाे झडपमा पाँच सैनिक मारिएकाे चीनकाे स्वीकार

 ७ फाल्गुन २०७७, शुक्रबार १४:२१   | न्यूज अफ टोखा

काठमाडौं । चीनले लद्दाखको गलवानमा क्षेत्रमा गएको वर्ष  भएको झडपमा आफ्ना पाँच जना सैनिकको ज्यान गएको स्वीकार गरेको छ ।  

चीनले पहिलोपटक गएकाे वर्षको जुनमा गलवानमा भएको चिनियाँ र भारतीय सैनिकबीचको झडपमा आफ्ना पाँच जना सैनिकको ज्यान गएको स्वीकार गरेको बीबीसीको खबरमा उल्लेख छ ।

झडपमा भारतका २० सैनिक मारिएका थिए । एक जनाको उद्धारको क्रममा खोलामा बगेर ज्यान गएको थियो । चीनले गलवानमा भएको झडपमा आफ्ना निकै कम सैनिक मारिएको बताएको छ ।

नाँर्दन कमाण्डका प्रमुख लेफ्टिनेन्ट जनरल वाइके जोशीकाअनुसार चीनले ५० भन्दा बढी आफ्ना घाइते सैनिकलाई विमानबाट उद्धार गरेको हो ।

 यस घटनामा अझ धेरै सैनिक मारिएको आशङ्का गरिएको छ तर उद्धार गरिएकाको अवस्था के छ चीनले बताएको छैन् ।

Facebook Comments

अन्तिम अपडेट: ७ फाल्गुन २०७७, शुक्रबार १४:२१

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया