बिस्का: जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश
२५ चैत्र २०७७, बुधबार १८:४९
काठमाडौं । वालाजु वाईपास क्षेत्रमा निर्माणाधिन वालाजु सुचना केन्द्रबाट सम्पदा अभियान्ता सुमन सायमी सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन ।
अदालतले निर्माण रोक्न स्टे अडर दिएको ठाउँमा काठमाडौं महानगरपालिका अन्गर्तत गठित उपभोक्ता समितिले सुचना केन्द्र बनाउने कार्य सुरु गरेको विरोधमा उनीहरुलाई प्रहरीले पक्राउ गरेका हुन ।
अभियान्ता रविन्द्रकुमार श्रेष्ठका अनुसार पक्राउ पर्नेहरुमा महेश्वर मानन्धर, रुक्षित श्रेष्ठ, मनोज श्रेष्ठ, भिमदेव श्रेष्ठ, मीन शाही, निरन्जन श्रेष्ठ, संजय तामाङ पक्राउ परेका छन ।
अभियान्ता श्रेष्ठले भने,‘स्टे अडर भएको ठाउँमा यसरी जर्वजस्ती सुचना केन्द्र बनाउन खोजेपछि रोक्न खोज्दा उनीहरुलाई पक्राउ गरेको हो, यो राज्यको दादागिरी हो ।’
प्रहरीले पक्राउ परेकाहरुलाई तत्काल नछोड्ने बताउँदै उनले भने,‘ उपभोक्ता समितिको क्षति भएको भएकोले छोड्न नमिल्ने भनेको छ, जबकी त्यहाँ काम अबैधनिक ढंगबाट भईरहेको छ ।’
यस अघि पनि पटक–पटक यस क्षेत्रका राज्यले सडक विस्तारको नाउँमा निजी सम्पतीमा डोजर लगाएर भत्काउने काम गरिरहेको श्रेष्ठले बताए ।
२५ चैत्र २०७७, बुधबार १८:४९
२१ चैत्र २०७७, शनिबार ०८:३८
१९ चैत्र २०७७, बिहीबार २१:०१
१९ चैत्र २०७७, बिहीबार १७:४१
१७ चैत्र २०७७, मंगलवार ०९:५९
१६ चैत्र २०७७, सोमबार २०:२९
१६ चैत्र २०७७, सोमबार १५:३२
१६ चैत्र २०७७, सोमबार १०:३५
१३ चैत्र २०७७, शुक्रबार १२:००
१३ चैत्र २०७७, शुक्रबार ०९:३९