किरणको ‘ग्याय् म्वा माँ’ म्युजिक भिडियो सार्वजनिक (भिडियो)

 १६ फाल्गुन २०७७, आईतवार १८:३५   | सुबिन्द्र श्रेष्ठ

टोखा । नव उदयामान गायक तथा रचनाकार किरण श्रेष्ठले नयाँ गीत बजारमा ल्याएका छन् । ‘ग्याय् म्वा माँ’ बोलको नेपालभाषाको र्‍याप गीत उनले फिप्टिन फिल्मस् को युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

साँगीत क्षेत्रको र्‍याप विधामा आफ्नो यात्रा अगाडी बढाइरहेका किरण श्रेष्ठले दुःख कष्ट सहेर हुर्काएकी आमालाई सान्तोनादिदै भविष्यमा उनको सहारा बन्ने र सुखका दिन आउने भरोषा दिदै आफ्नो विपन्नतामा भोग्नु परेका दुःख कष्टलाई चित्रित गरेका छन् ।

गीतमा शब्द स्वयम् गायक श्रेष्ठकै रहेको छ भने बिजय कुमार श्रेष्ठ (बिज्यम्स)को संगीत संयोजन छ । गीतमा टोखामा बोलिने ठेट नेपालभाषाको प्रयोग गरिएको छ ।

साथै भिडियोलाई निर्देशन, छांयाकन र सम्पादन किरण श्रेष्ठले गरेका छन् । भने किरण श्रेष्ठ, बिज्यमस्, सरिता र आकाश श्रेष्ठले अभिनय गरेका छन् ।

यो उनको द्रोस्रो म्यूजिक भिडियो हो  । यस भन्दा पहिले कोरोना नामक गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए ।

[embedyt] https://www.youtube.com/watch?v=2ta73BKQOYI[/embedyt]
Facebook Comments

अन्तिम अपडेट: १६ फाल्गुन २०७७, आईतवार १८:३५

तपाईको प्रतिक्रिया