बिस्का: जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश
२५ चैत्र २०७७, बुधबार १८:४९
काठमाडौं । ‘बालबालिकामा लगानी गरौं, दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याऔं’ भन्ने मुल नाराका साथ टोखा नगरपालिका वडा नम्बर २ द्वारा संचालित बालबालिका लक्षित कार्यक्रम नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तालिम अन्तर्गत ५ दिने मनोशक्ती एवम् नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यले आफ्नो लक्ष्य प्राप्तिका लागि अनुशासित र लगनशील भएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति तथा २ वडाका वडाध्यक्ष दिपक राज जोशीले बालबालिकाहरूको सुनौलो भविष्य तथा दक्ष जनशक्ति उत्पादनका लागि आफ्नो वडाले बालबालिकामा लगानी गरिरहेको भन्दै आवश्यकताको आधारमा तालिममा सहभागिहरूलाई थप तालिमको व्यवस्था गरिने बताउनुभयो बताउनुभयो।
उहाँले टोखा नगरपालिकाको ११ वटा वडाहरू मध्य २ वडाले मात्र बालबालिका लक्षित विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिरहेको भन्दै हाल १५० दिने संगीत प्रशिक्षण सञ्चालन भैरहेको समेत कार्यक्रममा जानकारी गराउनुभयो।
तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्नु पर्नेमा जोड्दिदै अनुशासित र लगनशील भएर आफ्नो भविष्य निर्माण गर्न तर्फ विद्यार्थीहरूले ध्यानकेन्द्रित गर्नुपर्नेमा वडासदस्य हेराकाजी डंगोलले जोड्दिनु भयो ।
टोखा नगरपालिकाको सहयोगमा २ वडाका सामुदायिक बाल क्लब तथा विद्यालय बाल क्लबका सहभागी बालबालिकाहरूलाई मोटिभेशनल सिस्पिकर तथा प्रशिक्षक डा. अनन्तराम केसीद्वारा दैनिक ३ घण्टा दुई चरणमा ५ दिनसम्म प्रशिक्षण दिइएको थियो ।
तालिममा सहभागि बालबालिकाहरूले आफुभित्र रहेको क्षमतालाइ प्रस्तुत गर्न, समस्याहरू सहजै बताउन, असल नेतृत्व पहिचान गर्न, समुह कार्य गर्न, सम्माणजनक व्यवहार गर्न र पढेका कुरा सजिलै स्मरण गर्न सक्षम भएको तालिम समापनको क्रममा बताएका थिए ।
उक्त समापन कार्यक्रममा २ वडाका वडा सदस्यहरू हेरकाजी डंगोल, पञ्चकुमारी श्रेष्ठ, पतिमा हिङ्गमाङ तथा टोखा नगरपालिका महिला तथा बालबालिका शाखाकी निर्मला रेग्मी लगाएको उपस्थिति रहेको थियो ।
२५ चैत्र २०७७, बुधबार १८:४९
२१ चैत्र २०७७, शनिबार ०८:३८
१९ चैत्र २०७७, बिहीबार २१:०१
१९ चैत्र २०७७, बिहीबार १७:४१
१७ चैत्र २०७७, मंगलवार ०९:५९
१६ चैत्र २०७७, सोमबार २०:२९
१६ चैत्र २०७७, सोमबार १५:३२
१६ चैत्र २०७७, सोमबार १०:३५
१३ चैत्र २०७७, शुक्रबार १२:००
१३ चैत्र २०७७, शुक्रबार ०९:३९