टोखामा शुक्रबारदेखि ‘नेपालभाषा लिपि’ कक्षा सञ्चालन हुँदै

 १९ फाल्गुन २०७७, बुधबार १४:५३   | न्यूज अफ टोखा

काठमाडौँ । तोखा नगरपालिका २ नम्वर वडा कार्यालयको सहयोग तथा नेवाः गुथि तोखाको आयोजनामा ‘नेपालभाषा लिपि’ कक्षा प्रशिक्षण तालिम सञ्चालन हुने भएको छ ।  उक्त तालिम आगामी फाल्गुन २१ गते शुक्रबारदेखि बेलुका ६—७ बजेसम्म टोखा-२ मा अवस्थित श्री चण्डेश्वरी माद्यामिक बिद्यालयमा सञ्चालन हुने भएको हो ।

नेपालभाषा लिपि अन्तर्गत प्रचलित र रञ्जना लिपिको निःशुल्क प्रशिक्षण कक्षा हुने नेवाः गुथि तोखाका सचिव प्रकाश डंगोलले बताए । उनले आफ्नो मातृभाषा प्रेमि लगायत लिपि सिक्न इच्छुकहरुले उक्त लिपि प्रशिक्षण कक्षामा सहभागिता जनाउन समेत अनुरोध गरेका छन् ।

उक्त लिपि प्रशिक्षण कक्षामा सहभागिता जनाउन अग्रीम नाम दर्ता गराउनु पर्नेछ । जसका लागि सम्पर्क नम्वरहरु:  रमेश नापित (अध्यक्ष) ९८५१०५६९२९, रामलाल डंगोल (उपाध्यक्ष) ९८४९१८२५२९,  हेरकाजी डंगोल (महासचिव) ९८५१०६०२७५, प्रकाश डंगोल (सचिव) ९८४१५४४९८७

Facebook Comments

अन्तिम अपडेट: १९ फाल्गुन २०७७, बुधबार १४:५३

तपाईको प्रतिक्रिया