‘बी’ डिभिजन लिग : श्रीभगवती र श्रीकुमारी विजयी

 २५ फाल्गुन २०७७, मंगलवार १९:४७   | न्यूज अफ टोखा

काठमाडौँ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियाेगितामा मङ्गलवार भएका खेलमा टोखा श्रीभगवती र श्रीकुमारीले जितेका छन् ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको पहिलो खेलमा श्रीभगवती क्लबले ब्वाइज युनियनलाई दुई–एकले हराएको हो । श्रीभगवतीका नवराज गुरुङ र प्रज्ज्वल थापा मगरले एक/एक गोल गरे । ब्वाइज युनियनका टङ्कबहादुर स्याङ्तानले एक गोल फर्काए । 

याे खेल जितेकाे भगवती ११ खेलमा १५ अङ्क जाेड्दै तालिकाकाे पाँचौँ स्थानमा उक्लिएको छ । ११ खेलमा १७ अङ्क जोडेकाे ब्याइज युनियन चौथो स्थानमा छ ।

यस्तै एन्फा मैदानमै भएको दोस्रो खेलमा श्रीकुमारी क्लबले टुसाल युथ क्लबलाई चार–शून्यले हराएको छ । श्रीकुमारीका आशिष राईले दुई तथा सन्तोषकुमार सिंह र विवेक पुनले एक/एक गोल गरे ।

११ खेलमा १४ अङ्क जोडेको श्रीकुमारी छैटाैँ स्थानमा छ भने नाै अङ्क जाेडेकाे टुसाल दशाैँ स्थानमा छ ।

Facebook Comments

अन्तिम अपडेट: २५ फाल्गुन २०७७, मंगलवार १९:४७

तपाईको प्रतिक्रिया