प्रथम उपमेयर व्याडमिन्टन कप हुने

 ९ चैत्र २०७७, सोमबार १८:२२   | सुबिन्द्र श्रेष्ठ

काठमाडौं । यही चैत्र १२ गतेदेखि नेपाः यूवा क्लव टोखाको आयोजनामा ‘प्रथम उपमेयर व्याडमिन्टन कप’ हुने भएको छ ।

टोखा व्याडमिन्टन एकेडेमी हलमा खेलाईने उक्त प्रतियोगिता ‘बि’, ‘सि’ र ‘डि’ समूहका खेलहुने आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत ‘बि’ समूह खेलमा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः नगद रू ३० हजार, १८ हजार र १० हजार सहित शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ, त्यस्तै ‘सि’ लेवल खेलमा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः नगद रू २५ हजार, १५ हजार र १० हजार सहित शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ साथै ‘डि’ समूह अन्तर्गत स्थानीय खेलाडिहरु बीच हुने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः नगद रू १५ हजार, १० हजार र ६ हजार सहित शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ ।

Facebook Comments

अन्तिम अपडेट: ९ चैत्र २०७७, सोमबार १८:२२

तपाईको प्रतिक्रिया