शनिबार निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम हुने

 १२ चैत्र २०७७, बिहीबार १०:४०   | सुबिन्द्र श्रेष्ठ

टोखा । लायन्स क्लब अफ काठमाडौँ असर्फि र वसला बचत तथ ऋण सहकारी संस्था लि. टोखाको संयुक्त आयोजनामा आउदो शनिबार टोखा नगरपालिका वडा नम्वर ३ को कार्यालय प्राङ्गणमा एक दिने निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन हुने भएको छ ।

चिरायू नेशनल अस्पताल र ब्लोदान काठमाडौँको विशेष सहकार्यमा शिविर विहान ९ः०० बजे देखी २ः०० बजे सम्म सञ्चालन हुन लागेको उक्त शिविरमा प्रसुती तथा स्त्री रोग, आँखा सम्बन्धी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, सुगर/प्रेसर जाँच औषधी वितरण गरिने लायन्स क्लव अफ काठमाडौँ असर्फिका प्रेसिडेन्ट तथा वसला बचत तथ ऋण सहकारी संस्था लि.का अध्यक्ष जनक राज श्रेष्ठले बताउनु भयो । ।

Facebook Comments

अन्तिम अपडेट: १२ चैत्र २०७७, बिहीबार १०:४०

तपाईको प्रतिक्रिया