प्रथम उपमेयर व्याडमिन्टन कप सम्पन्न

 १६ चैत्र २०७७, सोमबार १०:३५   | न्यूज अफ टोखा

काठमाडौं । नेपाः यूवा क्लव टोखाको आयोजनामा ‘प्रथम उपमेयर व्याडमिन्टन कप’ सम्पन्न भएको छ ।

टोखा नगरपालिकाको सहयोगमा चैत्र १२ गतेदेखि १४ गतेसम्म टोखा व्याडमिन्टन एकेडेमी हलमा आयोजित उक्त प्रतियोगितामा देशभरका विभिन्न स्थानबाट १६० जना खेलाडिहरुले सहभागिता जनाएको क्लवका अध्यक्ष सरोज डंगोलले जानकारी दिए ।

मेन्स डवल प्रतियोगिता अन्तर्गत ‘बि’ समूहको खेलमा एपिएफ चितवन का प्रीयानशु सिंह र राजु थापा जोडिले प्रमथ स्थान हासिल गर्न सफल भएका थिए । बालकुमारी रिमिक्स् क्लवका सनिल शाक्य र सुमन शाक्यको जोडिले दोस्रो स्थान हासिल गरेका थिए । त्यस्तै समुह बि अन्तर्गत कास्कीका बिधान अधिकारी र विशाल खड्का स्पोटस क्लव हवका गणेश ढुङ्गाना र अभिशेक गुरुङ जोडिले तेस्रो स्थान हासिल गरेका थिए । समुह बि अन्तर्गत प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः नगद रू ३० हजार, १८ हजार र १० हजार सहित शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो ।


प्रतियोगिताको सी समुहको खेलमा टोखा युवा क्लवका क्षितिज खनाल र अमन महर्जनको जोडिले प्रमथ स्थान हासिल गर्न सफल भएका थिए । कीर्तिपुरका दिप्रिश मुनि बज्रचार्य र निशि बट्टको जोडिले दोस्रो स्थान हासिल गर्न सफल भएका थिए । त्यस्तै कीर्तिपुरका नवीन खड्का र सन्देश रायमाझीको जोडि तथा नरेफट बि.सि.का लक्ष्मी बि.सी र शुभाष उल्क प्रतियोगिताको तेस्रो स्थान हासिल गरेका थिए । बिजयी टिमलाई क्रमशः नगद रू २५ हजार, १५ हजार र १० हजार सहित शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो ।

त्यस्तै प्रतियोगिताको डी समुहमा टोखा ब्याडमिन्टन एकेडेमिका बिक्रम डंगोग र  खगराज ढुङ्गानाको जोडि प्रमथ भएका थिए । हाम्रो सहारा सहकारीका बिजय श्रेष्ठ र बिजेन्द्र श्रेष्ठ प्रतियोगितामा दोस्रो भएका थिए भने टोखा व्याडमिन्टन एकेडेमिका अजय गुङ्ग र मोहन कुमार कुँवार र सानकाजी लवट र जितेन्द्र मानान्धरले तेस्रो हुन सफल भएका थिए । बिजयीहरुलाई क्रमशः नगद रू १५ हजार, १० हजार र ६ हजार सहित शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो ।

त्यस्तै उक्त प्रतियोगितामा टोखा युवा क्लबका अमन महर्जन उत्कृष्ट खेलाडि हुन सफल भएका थिए ।


प्रतियोगितामा बिजयी खेलाडिहरुलाई समापन्न कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले पुस्तरका वितरण गरिएको क्लवका अध्यक्ष सरोज डंगोले बताए ।

उक्त प्रतियोगिताको समापन कार्यक्रममा टोखा नगरपालिका ३ वडाका वडाध्यक्ष सिहराज श्रेष्ठ, टोखा युवा क्लवका अध्यक्ष रामराज श्रेष्ठ, नेपाः युवा क्लवका संस्थापक अध्यक्ष संदिप (बिकी) डंगोल लागयतको उपस्थिति रहेको आयोजकले जानकारी दिए ।

Facebook Comments

अन्तिम अपडेट: १६ चैत्र २०७७, सोमबार १०:३५

तपाईको प्रतिक्रिया