उप प्रमुखको संयोजकत्वमा बिस्काः जात्रा व्यवस्थापन मूल समारोह समिति गठन

 १९ चैत्र २०७७, बिहीबार १७:४१   | न्यूज अफ टोखा

न्यूज अफ टोखा, काठमाडौं । टोखाको प्रसिद्ध सपनतीर्थ मेला तथा बिस्काःजात्रालाई मर्यादित र शान्तिपूर्ण रुपमा भव्यताका साथ सम्पन्न गर्न सरोकारवाला निकायहरुबीच बिहिबार टोखा नगरपालिका ३ नं वडा कार्यालयमा छलफल सम्पन्न भएको छ ।

प्रत्येक वर्ष बिक्रम सम्वतको नयाँ वर्षसँगै बैशाख १ गतेदेखि ५ गतेसम्म हुने सपनतीर्थ मेला तथा बिस्काः जात्रा तयारीका लागि सरोकारवाला निकायहरुबीच छलफल बैठक टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलको प्रमुख अतिथिमा ३ नम्वर वडा कार्यालयको संयोजनमा वडाको सभाहलमा आयोजित बैठकबाट स्वास्थ्य सुरक्षाको मापडण्दको पाल्ना गर्दै परिस्थिति अनुकुल जात्रा सञ्चाल्न गर्ने निर्यण समेत गरिएको हो ।

गत वर्ष कोरोना भाईरस महामारीका कारण टोखामा मनाईने साँस्कृतिक पर्वहरु सिमित विधिविधानमा सम्पन्न गर्नु परेको बाध्यात्मक परिस्थिलाई  स्मरण गर्दै आगामी जात्रालाई विशेष सुरक्षा सर्तकताका साथ स्वास्थ्य सुरक्षा मापदण्डमा टोकेर जात्रालाई मर्यादित र शान्तिपूर्ण रुपमा भव्यताका साथ सम्पन्न गरिने बैठकमा बक्ताहरुले बताए ।

बिस्काः जात्रा तयारी बैठकमा जात्रामा समिलित हुने द्यः खल, दाफा तथा भजन, विभिन्न सामाजिक संघसंस्था, राजनीति दल, प्रहरी तथा ट्याफिक प्रहरी प्रशासनका प्रतिनिधिहरु सहभागिता रहेको बैठकबाट टोखा नगरपालिकाका उपप्रमुख ज्ञान माया डंगोलको संयोजकत्वमा ११ सदसीय ‘तोखा बिस्का जात्रा व्यवस्थापन मूल समारोह समिति-२०७८’ को समेत गठन गरिएको छ ।

जसमा दिपक राज जोशी (वडा अध्यक्ष टोखा न.पा -२), सिंहराज श्रेष्ठ (वडा अध्यक्ष टोखा न.पा -३), हेमराज श्रेष्ठ (मुलनाइके, तलेजु गुथि), रमेश नापित (अध्यक्ष नेवाः गुथि तोखा), गणेशमान श्रेष्ठ (संयोजक, तोखा संस्कृति संरक्षित क्षेत्र बिकास समिति), अष्ट नारायण डंगोल (अध्यक्ष सपनतिर्थ मन्दिर क्षे.बि.स.), ध्रुवराज जोशी (अध्यक्ष चण्डेश्वरी मन्दिर सं.स.), मुक्तिमान डंगोल (अध्यक्ष पिगन्द्यः मन्दिर सं.स.) रोशन खड्का (प्रमूख महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज) र प्रकाश आचार्य (प्रशासकिय अधिकृत टोखा नगरपालिका) रहेका छन् ।

जात्रा व्यवस्थापन मूल समारोह समितिको मातहतमा रहने गरी आवश्यकताका आधारमा विभिन्न उप समितिहरुको गठन गरिनेछ ।

Facebook Comments

अन्तिम अपडेट: १९ चैत्र २०७७, बिहीबार १७:४१

तपाईको प्रतिक्रिया