शनिबार सडक खाना महोत्सव तथा हस्तकला सामाग्री प्रदर्शनी हुने

 १९ चैत्र २०७७, बिहीबार २१:०१   | न्यूज अफ टोखा

न्यूज अफ टोखा, टोखा । ‘स्थानीय महिला सीप प्रवर्द्धनलाइ प्रोत्साहन गरौं, महिला सशक्तिकरणमा टेवा पुर्‍या‍‍औं` भन्ने मुलनाराका साथ टोखा नगरपालिकाको सहयोगमा २ वडा कार्यालयको आयोजनामा ‘सडक खाना महोत्सव तथा हस्तकला सामाग्री प्रदर्शनी-२०७७’ आउँदो शनिबार हुने भएको छ ।

२ वडा कार्यालयको आयोजनामा पहिलोपटक हुन गईरहेको सडक खाना महोत्सव तथा हस्तकला सामाग्री प्रदर्शनीमा नेवारी खानाको परिकारका साथै टोखा-२ वडामा रहेका महिला समूहलाई नगरपालिका तथा वडाले आयआर्जनका लागि सञ्चालन गरिएको सीपमूलक तालिम पश्चात् उत्पादित सामाग्रीहरूको प्रदर्शनी तथा बिक्रीवितरण गरिने कार्यक्रम संयोजक पञ्च कुमारी श्रेष्ठले बताउनु भयो ।

महिलाको सीप बिकास गरी आर्थिक बिकासमा टेवा पुर्याउने वातावरण आधार प्रदान गर्नुका साथै परम्परागत सीप विकास गरी स्थानीय सामाग्रीको प्रदर्शनी गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संयोजक श्रेष्ठले बताउनु भयो ।

टोखा गणेशस्थान परिसरमा दिउँसो १ बजेदेखि शुरू हुने महोत्सव तथा प्रदर्शनी अवलोकन गरी महिला दिदीबहिनीहरुको सीप र प्रतिभालाई प्रोत्साहन गर्न सबैमा श्रेष्ठले अनुरोध समेत गर्नुभयो ।

Facebook Comments

अन्तिम अपडेट: १९ चैत्र २०७७, बिहीबार २१:०१

तपाईको प्रतिक्रिया